कैलालीको गोदावरीले निःशुल्क घुम्ती शौचालय सञ्चालनमा ल्याउँदै

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले निःशुल्क घुम्ती शौचालय सञ्चालनमा ल्याउने भएको छ । स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले घुम्ती शौचालय सञ्चालनमा ल्याउने भएको हो ।

नगरको मुख्य बजार अत्तरिया निःशुल्क घुम्ती शौचालय सञ्चालनमा ल्याउने भएको छ । नगरमा सार्वजनिक शौचालयको अभावलाई मध्यनजर गर्दै एसियाली विकास बैंकको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइँदै छ ।

Navadurga sun

बिहीबार केशरी चन्द भवरलाल विराटनगरले एक अनौपचारिक कार्यक्रमका बीच ट्याकटरको नगरपालिका मेयर विरेन्द्र भट्टलाई चाबी तथा कागजात हस्तान्तरण गरेका हुन । भ्याट सहित २९ लाख ८३ हजार ९ सय ९९ रुपैयाँ लगानीमा ल्याएको घुम्ती शौचालयमा अपाङ्गमैत्री सेवा सँगै २ कोठा पुरुष २ कोठा महिलाका लागि छुट्टा छुट्टै शौच गर्न सकिने व्यवस्था हुने भएको छ ।

सुदूरपश्चिमको केन्द्रको रूपमा चिनिएको अत्तरिया बजारमा शौचालय निर्माणका लागि पर्याप्त जमिनको समस्या तथा सीमित शौचालयका कारण घुम्ती शौचालय सञ्चालनमा ल्याउन लागेको नगर प्रमुख विरेन्द्र भट्टले बताए । ‘अत्तरिया सबै क्षेत्रका लागि केन्द्र हो । यहाँ पर्याप्त सार्वजनिक शौचालय नहुँदा समस्या छ’, उनले भने । ‘सार्वजनिक शौचालय निर्माणका लागि जमिन पनि उपलब्ध नभएको हुँदा अहिलेलाई घुम्ती शौचालय सञ्चालनमा ल्याउने तयारी गरेको हो ।’

पालिकाको सञ्चालनमा ल्याउन लागेको शौचालयमा बत्तीको लागि सोलार सिस्टम, तथा गर्मी चिसोलाई मध्यनजर गर्दै एडजस्ट फ्यान सबै कोठामा राखेको छ । विभिन्न चाड पर्व र मेलाको समयमा अति उपयोगी मानिएको घुम्ती शौचालय बजारमा केही मानिसलाई रोजगारी सृजना गर्न समेत सहज हुने छ । नगर प्रमुख विरेन्द्र भट्टले भने । ‘दुई वटा घुम्ती शौचालय चलाउने सोच हो । तर, अहिलेलाई एक मात्र उपलब्ध भएको छ । एक ओटा थप गर्न हामीले आग्रह समेत गरेका छौं ।’

अत्तरिया चोक र बसपार्कमा पर्याप्त शौचालय नभएकाले यस्तो ठाउँमा घुम्ती शौचालयको आवश्यक परेको भट्टको भनाइ छ । धेरै भिडभाड हुने ठाउँमा बढी उपयोगी हुने र केही मानिसले स्वरोजगार हुने भएकाले घुम्ती शौचालय उपयोगी हुने नगर प्रमुख भट्टले बताए ।

साथै एसियाली विकास बैंकले हाम्रो अनुरोधलाई स्वीकार गरेर अत्तरियाको फोहोर व्यवस्थापनका लागि थप ३ ओटा ट्याकटर, १ ओटा टिप्पर र एक ओटा डोजर जोड्न सफल भएको र आगामी दिनमा अत्तरियाको फोहोर व्यवस्थापनका लागि सबैले आ– आफ्नो ठाउँ बाट सरसफाइमा सहयोग गरी दिन समेत मेयर भट्टले अनुरोध गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...