जातीय विभेद र छुवाछुत अन्त्य गर्न आफूबाट सुरुवात सुरुवात गर्नुपर्ने : डिआइजी केसी

धनगढी- जातीय विभेद र छुवाछुत अन्त्य गर्न आफूबाट सुरुवात गर्नुपर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले बताएका छन् ।

मङ्गलवार जिल्ला प्रहरी कार्यालय डोटीले सिलगढीमा आयोजना गरेको छुवाछुत तथा जातीय विभेद र मानव बेचबिखन अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रहरी नायब महानिरीक्षक केसीले उक्त कुरामा जोड दिएका हुन ।

कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका केसीले जातीय विभेद र छुवाछुत अन्त्यका लागि प्रत्येक नागरिकले आफ्नो दृष्टिकोणमा परिवर्तन गरी आफूबाट सुरुवात गर्नुपर्ने बताए । वर्तमान समयमा मानव बेचबिखन छिमेकी देश भारतमा नभई भिसा बनाएर बाहिरी देशहरूमा हुने गरेकोले यस विषयमा आम नागरिकलाई जनचेतना जगाउन आवश्यक रहेको समेत बताए ।

Loading...