गोदावरी तरुण दलका नगर अध्यक्ष भट्टराईले गरे भवन निर्माणमा सहयोग

अत्तरिया- नेपाल तरुण दल गोदावरी कैलालीका नगर अध्यक्ष रमेश भट्टराईले केन्द्रिय कार्यालयको भवन निर्माणका लागि सहयोग गरेका छन् । नेपाल तरुण दल केन्द्रिय कार्यालयको भवन निर्माण कार्यका लागि नगर अध्यक्ष भट्टराईले सहयोग गरेका हुन् । बुधबार  भवन निर्माण स्थल काठमाडौमा पुगेर तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङ लाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।

सहयोग रकम बुझ्दै तरुण दलका अध्यक्ष गुरुङले धन्यवाद दिँदै हाल केन्द्रिय सदस्यहरूले सहयोग रकम घोषणा गरेको भए पनि पालीका अध्यक्षहरूको तर्फबाट पहिलो पालीका अध्यक्ष भट्टराई भएको बताएका थिए । तरुण दलको केन्द्रिय पुरानो भवन भत्काएर नयाँ आधुनिक भवन बनाउने कार्य जारी रहेको छ ।

Loading...