चौधरी फाउण्डेसनद्वारा सुप समावेशी आधारभूतलाई शैक्षिक सामाग्री हस्तान्तरण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । बुधबार एक कार्यक्रमका बिच चौधरी फाउण्डेसन मार्फत शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । 

Dadeldhura hospital

कार्यक्रममा विद्यालयमा अध्ययनरत ७० जना अपाङ्गता भएका विद्यार्थीहरूका लागि पठनपाठनमा सहयोग होस भनेर कापी, कलम, पेन, वर्णमाला, ज्यामिट्री बक्स प्रदान गरिएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै चौधरी ग्रुपका सुदूरपश्चिम प्रदेश प्रमुख योगेन्द्र भट्टले चौधरी ग्रुपले लामो समय देखि विभिन्न रुपमा सामाजिक कार्यहरू गर्दै आएकोले अपांगता भएका विद्यार्थीहरूलाई सहयोग योगदान गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । उनले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यस्तै सोही कार्यक्रममा बोल्दै चौधरी ग्रुप अन्तर्गत सिजी फुड्सका सुदूरपश्चिम प्रदेश प्रमुख नेत्र प्रसाद अर्यालले चौधरी ग्रुपले सामाजिक उत्तरदायित्व अन्तरगत सुप समावेशी विद्यालयलाई छनौट गरेको बताए । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष विष्ना बोहराले विद्यालयलाई नमुना विद्यालय बनाउने उद्देश्य रहेको बताउँदै विभिन्न क्षेत्रबाट पाइने सहयोगले यसमा मद्दत मिलिरहेको बताइन् । उनले चौधरी ग्रुपले सहयोग गरेकोमा धन्यवाद दिँदै विद्यार्थीहरूलाई अबका दिनमा पठनपाठनमा सहयोग मिलेको बताइन् ।

गोदावरी वडा नम्बर २ का वडा सदस्य डबल सिंह साउँदको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउदले सञ्चालन गरेका थिए । अपाङ्ग भएका बालबालिकाको उचित शैक्षिक आवश्यकतालाई महसुस गरेर प्रदेशमै पहिलो पटक ‘सुप’ समावेशी आधारभूत विद्यालयको स्थापना भएको हो । यो विद्यालयले अपाङ्गता भएका बालबालिकालाई आवास सहित शिक्षाको सुविधा प्रदान गर्न थाले पछि अहिले अपाङ्गता भएका बालबालिकालाई राहत महसुस भएको छ ।

Loading...