शैलेश्वरी माविका विद्यार्थीलाई लागूऔषध दुर्व्यसनी सम्बन्धी सचेतना मूलक कक्षा

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ बडेँहामा रहेको शैलेश्वरी माविमा लागूऔषध दुर्व्यसनी सम्बन्धी सचेतना मूलक सचेतना मूलक कक्षा प्रदान गरिएको छ ।

राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानले गोदावरी नगरपालिका वडा नम्बर ६ को सहयोग तथा इलाका प्रहरी कार्यालय मालाखेतीको समन्वयमा विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूलाई बुधबार विद्यालयमै सचेतना मूलक कक्षा प्रदान गरेको हो ।

Navadurga sun

सचेतना मूलक कक्षाबाट करिब १५० जना विद्यार्थी लाभान्वित भएको प्रतिष्ठानका अध्यक्ष लिलाधर बास्कोटाले बताएका छन् । पछिल्लो समय लागूऔषधको प्रयोगबाट धेरै व्यक्तिहरू प्रभावित भइरहेको हुँदा लागूऔषध प्रयोग न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले बताएका छन् ।

कार्यक्रममामा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले लागूऔषध दुर्व्यसनी सम्बन्धी तथा बच्ने उपायका बारेमा विद्यार्थीहरूलाई जानकारी गराएका थिए भने ब्रह्मा कुमारी विश्वविद्यालयकी सञ्चालिका ब्रह्मा कुमारी रविनाले धार्मिक विषयमा विद्यार्थीहरूलाई जानकारी गराएकी थिइन ।

कार्यक्रममा सुदूरपश्चिम कि पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष जग्गुराम चौधरी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै पूर्वमन्त्री चौधरीले पछिल्लो समय अधिकांश व्यक्तिहरू लागूऔषधमा फस्नेक्रम बढेकाले यस्ता सचेतना मूलक कार्यक्रमहरूको आवश्यकता बढेको बताइन ।

उनले लागूऔषध प्रयोग न्यूनीकरणका लागि सबै पक्ष जिम्मेवार बन्न जरुरी रहेको बताइन । त्यस्तै वडा अध्यक्ष चौधरीले विद्यालय उमेरका बालबालिका, किशोरकिशोरी समेत लागूऔषध प्रयोगकर्ता हुनु दुखद भएको बताए ।

“कतिपय विद्यालय उमेरका बालबालिका, किशोरकिशोरी समेत लागूऔषध प्रयोगकर्ताका रूपमा पक्राउ परिरहेका छन् उनले भने त्यसैले पनि लागूऔषध न्यूनीकरणका लागि अब विद्यालय स्तरबाटै पहल गर्नु आवश्यक छ ।”

ADD Khali jpg
ADD Khali jpg
Loading...