बाढिपहिरो पीडितलाई बर्खा नलाग्दै चिन्ता

बाजुरा- बाजुराका बाढीपहिरोपीडितलाई बर्खा लागेसँगै घरबासको चिन्ता हुन थालेको छ  । दुई वर्षअघि जेठमा आएको बाढीपहिरोबाट पीडित व्यक्ति अझै घरबासको चिन्ता गरिरहेका छन् । यस जिल्लाका अधिकांश गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा परेको कुरा विभिन्न अध्ययनले देखाएको छ । जोखिममा परेका ती बस्ती अहिले कतै स्थानान्तरण नहुँदा यहाँका स्थानीयलाई बर्खाको समयमा घरबासकै चिन्ता हुन थालेको हो । हिउँदमा बाढीपहिरोको खासै डर नहुने हुँदा जोखिमयुक्त ठाउँमा बसोबास गर्दै आए पनि बर्खामा पहिरोले घर नै बगाउँछ कि भन्ने मनमा चिन्ता लाग्न थालेको स्वामीकार्तिक गाउँपालिका–२, मुक्तिकोटका स्थानीय नरे लुहारले बताए ।

Ganyapdhura gau
Dadeldhura hospital

बाजुराको बुढीनन्दा, त्रिवेणी, गौमूल, बडीमालिका, बुढीगङ्गा, खप्तडछेडेदह गाउँपालिकाका अधिकांश गाउँबस्ती पनि बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । बाजुराको तल्लो क्षेत्रमा रहेको खप्तडछेडेदह गाउँपालिका–५ को पारतोला गुइवन बस्ती पहिरोको जोखिममा रहेको झन्डै २५ वर्ष हुन पुग्यो । २०५६ सालदेखि सो बस्तीका झन्डै सयौँ घरपरिवार बाढीपहिरोको जोखिममा रहँदै आए पनि अहिले कतै स्थानान्तरण गरिएको छैन ।

Navadurga sun
Godawari sandesh

बस्ती स्थानान्तरणको विषयलाई मुख्य एजेन्डा बनाएर विजयी भएका जनप्रतिनिधि जितेपछि फर्केर गाउँघर तर्फ नआउने गरेको स्थानीय दीपा रावतले बताइन् । उनले भनिन्, “हामी भने अहिलेसम्म कतै गएका छैनौँ  । जाऊँ पनि कसरी रु कहीँकतै ठाउँमा हाम्रो पहुँच छैन । अन्य ठाउँमा जग्गा लिएर बसोबास गरौँ भने पैसा छैन । अरू केही विकल्प नभएपछि यतै बस्नु परेको छ ।”

बुढीगङ्गा नगरपालिकाका बजेडी, निमनी, ताँप्रीसेरा, अम्कोटबडीमालिका नगरपालिकाका घाँगर, ओलेना, तिपाडा, मना र कोर्ध लगायतका बस्तीको अवस्था पनि उस्तै रहेको छ । गत वर्षको बर्खामा गाउँमाथिको वनमा त्रिपाल टाँगेर बसेका यहाँका अधिकांश बासिन्दा यो बर्खामा पनि पोहोरको नियति भोग्नुपर्ने हो कि भन्ने चिन्तामा छन् ।

Loading...