Division ban Pahalmanpur

शवदाह गृह र विश्रामस्थल गोदावरी घाट व्यवस्थापन समितिलाई हस्तान्तरण

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न. ४ को गोदावरी आर्यघाटमा नेपाली सेनाद्वारा निर्माण गरेको शवदाह गृह र विश्रामस्थल घाट व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।

मंगलबार एक अनौपचारिक कार्यक्रममा तेघरीमा रहेको श्री देवीदल गणका गणपति तथा प्रमुख शेनानी रवि केसीद्वारा गोदावरी नगरपालिकाका वडा अध्यक्ष हेम प्रकाश मल्ल, घाट व्यवस्थापन समितिका अध्यक्ष कैलाश पर्बत जोशी, समितिका कोषाध्यक्ष मान बहादुर बलायर, अत्तरिया शहरी खानेपानी प्रतिनिधि यादव फुलारा, नेपाली सेनामा अन्य सदस्य लगायतको उपस्थितिमा निर्माण संरचना हस्तान्तर गरेका हुन ।

Malpot office jogbudha

नेपाली सेनाले सुदूरपश्चिमको चर्चित धार्मिक स्थान गोदावरी धाममा रहेको आर्यघाटलाई थप परिमार्जित गरी नयाँ केही काम गरेर सहयोग गर्ने मनसायका साथ यस घाटमा १ थान शवदाह गृह टिनको छाना सहित र १ थान विश्रामस्थल पक्की बनाएर आज हस्तान्तरण गरेका हुन ।

गर्मी मौसम या बर्सातको समयमा मलामी आएकाहरू लाई विश्राम गर्नका लागि सहज होस र मृत लाशलाई जलाउँदा व्यवस्थित पारेर अन्तिम श्रद्धाञ्जली  अर्पणका लागि सहज होस भन्नका लागि आफूहरूले यस घाटमा संरचना बनाएर सहयोग गरेको जानकारी गणपति राजु केसीले बताएका छन । साथै आगामी दिनमा पनि यस पालिकामा केही थप काम गरेर जाने बताएका छन।

संरचना हस्तान्तर कार्यक्रममा नेपाली सेनाले यस क्षेत्रमा आउने अन्तिम संस्कारका लागि ६ ओटै पालिकाबाट आउने मानिसहरूलाई धेरै राहत हुने र आगामी दिनमा पनि नेपाली सेनाको सहयोग बाट अन्य कामको अपेक्षा गरेको जानकारी वडा न. ४ का वडा अध्यक्ष हेम प्रकाश मल्लले बताएका छन ।

त्यसैगरी यस घाट व्यवस्थापन समितिका अध्यक्ष कैलाश पर्बत जोशीका अनुसार नेपाली सेना जस्तै अन्य संघ संस्थाहरु सँग यस गोदावरी आर्यघाटको पूर्ण व्यवस्थापनका लागि म र मेरी समितिको टिम दिनरात लागिरहेको बताएका छन्, आगामी दिनमा अन्तिम संस्कारका लागि दाउराको व्यवस्थापन समेत गर्ने हाम्रो लक्ष्य रहेको बताएका छन ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...