Division ban Pahalmanpur

कञ्चनपुरको पुनर्वास नगरपालिकाले सम्झौता विना गर्यो १२ लाख भुक्तानी

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिकाले सम्झौता नगरेरै १२ लाख रुपैयाँ भुक्तानी गरेको पाइएको छ । प्रति विद्यालय ३ लाखका दरले सो नगरपालिकाले सम्झौता बिना नै ४ वटा विद्यालयलाई १२ लाख रुपैयाँ बाँडेको हो । 

Malpot office jogbudha

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११३ मा खरिद सम्झौता बमोजिम सार्वजनिक निकायले रनिङ बिल तथा अन्य कुनै बिल बीजकको भुक्तानी गर्दा करारका सर्त बमोजिम भुक्तानी गर्नु पर्ने उल्लेख छ । तर पुनर्वास नगरपालिकाले भने आर्थिक वर्ष २०७८/०७९ मा कार्यालय र विद्यालय बिच राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालय र नगरपालिका बिच रकम व्यहोर्ने गरी सम्झौता भएकोमा आर्थिक वर्ष २०७९/०८० मा भने कुनै सम्झौता नै नगरेर प्रति विद्यालय तीन लाखका दरले चारवटा विद्यालयलाई १२ लाख रुपैयाँ वितरण गरिएको हो ।

चन्द्रलाल आधारभुत विद्यालय, सरस्वती माध्यामिक विद्यालय, रामबुद्ध माध्यामिक विद्यालय र जनकल्याण माध्यामिक विद्यालयलाई सम्झौता नगरेरै १२ लाख रुपैयाँ वितरण गरेको पाइएको छ । यो अनियमित रुपमा वितरण गरिएको रकम हो । यसका साथै पुनर्वास नगरपालिकाले आवश्यकता भन्दा बढी भुक्तानी गर्ने काम गर्दै आएको समेत पाइएको छ । सो नगरपालिकाले प्याराताल कृषक समुहलाई ४३ हजार १२४ रुपैयाँ बढी भुक्तानी गरेको छ ।

त्यस्तै मालिका महिला कृषक समुहलाई ४३ हजार १९३, नवोदय तरकारी खाद्यान्न कृषक समुहलाई ४३ हजार १४८, भृकुटी कृषिबाली कृषक समुहलाई ४३ हजार १४८, प्रेरणा कृषक समुहलाई ४३ हजार १८३, सुनौली कृषक समुहलाई ४३ हजार ४३ र लालीगुँरास तरकारी उत्पादन कृषक समुहलाई ४३ हजार ३२७ रुपैयाँ गरेर कुल तीन लाख २ हजार १६४ रुपैयाँ बढी भुक्तानी गरेको पाइएको छ । यसका साथै सो नगरपालिकाले खर्च भएको रकम पुष्टि गर्ने प्रमाण बिना नै थप ३ लाख ९९ हजार २७५ रुपैयाँ बाँडेको समेत फेला परेको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...