सुदूरपश्चिममा अटो र विद्युतीय रिक्सामा अब कर लाग्ने

धनगढी- सुदुरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा अब अटो रिक्सा र विद्युतीय रिक्सामा कर लाग्ने विषय उल्लेख छ ।

बजेटमा विदेशबाट घर फर्केर उद्यमी काम गर्नेका लागि बजेटको व्यवस्था गरिएको छ । वन डढेलो नियन्त्रण गर्न २ करोडको बजेट विनियोजन गरिएको छ । यहाँका धार्मीक स्थलहरुको विकासका लागि ८ करोड बजेट विनियोजन गरिएको छ ।

Navadurga sun

सडक पुर्वाधार र विकासका लागि प्रदेश–जिल्ला र पालिका जोड्ने सडक निर्माणका लागि पनि बजेटको व्यवस्थापन गरिएको छ। यसका लागि ८७ करोड ८५ लाख बजेट विनियोजन गरिएको छ । कैलाली र कञ्चनपुरको सतही र भुमिगत पानीबाट सिँचाई गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । यहाँको जलविद्युत निर्माणका लागि पनि बजेटको व्यवस्था गरिएको छ ।

चालु आर्थिक वर्षमा प्रदेशका अर्थतन्त्र तीन दशमलव ४१ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/०८० मा यस्तो वृद्धिदर एक दशमलव ४२ थियो । बजेटमा धेरैजसो चालु आर्थिक वर्षकै कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ । भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिइएको बजेटमा कृषि क्षेत्रले पनि विगत झैं प्राथमिकता पाएको छ ।

सरकारले चालूतर्फ ११ अर्ब ६० करोड १९ लाख ६३ हजार, पूँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार, अन्तर सरकारी वित्तीय व्यवस्थातर्फ २ अर्व ९२ करोड ७० लाख १० हजार र वित्तीय व्यवस्थापनतर्फ १० करोड विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ६० करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम ९ अर्ब ९९ करोड १९ लाख, संघीय रोयल्टी बाँडफाँट भएर प्राप्त हुने ४ करोड ४० लाख ५५ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्ब ७२ करोड रहेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...