सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ के बजेट सार्वजनिक गर्दै LIVE 

अत्तरिया- सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ के बजेट सार्वजनिक गर्दै छ । प्रदेशसभाको बैठकमा आर्थिक मामिला सुरेन्द्र बहादुर पालले आगामी आर्थिक बर्ष २०८१/०८२ के बजेट प्रस्तुत गरिरहेका हुन ।

चालु आर्थिक वर्षमा २९ अर्ब २६ करोड बजेट ल्याएको सरकारले आगामी वर्षका लागि भने आकार वृद्धि गरेर ल्याइने जनाएको छ । आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले ३२ देखि ३३ अर्बको हाराहारीमा बजेट ल्याउन लागेका हुन। ‘बजेटको तयारीमै भएकाले आकारबारे यकिन भन्न सकिएन तर चालु वर्षकोभन्दा ठूलो बजेट आउँछ,’ पालले भने, ‘३२ देखि ३३ अर्बको हाराहारीमा हुने गरी बजेट ल्याउने हाम्रो तयारी छ ।’

Navadurga sun

आर्थिक मामिला मन्त्रालयले विषयगत मन्त्रालयबाट प्राप्त भएको बजेट सिलिङ अनुसारका योजनालाई एकीकृत गरेर बजेट वक्तव्य निर्माणको काम गरिरहेको जनाएको छ ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...