धनगढी- धनगढीमा आँप टिप्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । शनिबार बिहान धनगढी उपमहानगरपालिका–२ को बैयाबेहडी बस्ने १६ वर्षीय विवेक खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।



घर नजिकै रहेको आँपको रुखमा फलामको रडले आँप टिप्ने क्रममा विद्युतको लाइनमा छुँदा खड्कालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले बताएका छन् ।


खड्कालाई तत्काल उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।





