कैलालीबाट लागूऔष धसहित २ जना पक्राउ

धनगढी- कैलालीबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–७ मनेहराबाट सोही ठाउँ बस्ने २७ वर्षीय सन्जित राना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले रानालाई ३१० मिलिग्राम लागूऔषध सहित बिहीवार नियन्त्रणमा लिएको जनाएको छ।

Navadurga sun

त्यसैगरी बिहीवार इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–३ चौकिडाडाबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का २५ वर्षीय आशिष चौधरीलाइ पक्राउ गरेको छ। चौधरीलाई १.३३० ग्राम लागूऔषध (खैरो हेरोईन) र ३.६३० ग्राम माटो जस्तो देखिने पदार्थ सहित उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएके छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...