Division ban Pahalmanpur

विदेश पठाउने भन्दै करोड बढी ठगी गर्ने ६ जना पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura

काठमाडौं- विदेश पठाउने भन्दै करिब १ हजार जना व्यक्तिबाट २ करोड ५० लाख ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । कन्सल्टेन्सी खोलेर विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।

Malpot office jogbudha

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुर्खेतका रेशम रावल, प्रेम बहादुर रावल, काभ्रेका सुरेन्द्र तामाङ, मोरङका सन्तविर घिमिरे, डडेलधुराका राजेश साउद र अछामका टंकराज खनाललाई पक्राउ गरेको छ ।

उनीहरूले काठमाडौंको तीनकुनेमा युनिक कन्सल्ट्स, वर्ल्डवाइड कन्सल्ट्स, ग्लोबल ह्युमेन म्यानेजमेन्ट, रायन इजुकेसन कन्सल्टेन्सी र रावल टार्भल एन्ड टुर्स कम्पनी स्थापना गरेका थिए ।

उनीहरूले सामाजिक सञ्जालमा विज्ञापन गर्ने र विदेशी पठाउने आश्वासनमा सक्कली कागजपत्र लिने गरेका थिए । सक्कली कागज फिर्ता माग्दा प्रतिव्यक्ति डेढ लाखदेखि २ लाखसम्म मागेको प्रहरीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...