Division ban Pahalmanpur

कञ्चनपुरमा चरेस सहित २ जना पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office jogbudha

कञ्चनपुर- कञ्चनपुरमा चरेस सहित २ जना पक्राउ परेका छन् । दोधारा चाँदनी नगरपालिका–७ बाबाथानबाट सोही ठाउँका २७ वर्षीय सुरज सुनार र दोधारा चाँदनी नगरपालिका–२ पूर्णा टोलको ५० वर्षीय गणेशसिंह साउद पक्राउ परेका हुन् ।

सुनारको साथबाट १५.३ ग्राम चरेस फेला पारी उनलाई सोधपुछ गर्दा साउदबाट खरिद गरेको खुलेपछि दुबै जनालाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कञ्चनपुरले प्रहरीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...