लागूऔषध दुर्व्यसन सम्बन्धी कार्यक्रम सम्पन्न

धनगढी- धनगढी उपमहानगरपालिकाको आयोजनामा लागूऔषध दुर्व्यसन नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम त्रिभुवन माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । उपमहानगर पालिको वडा न ३ मा रहेको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीको सहभागितामा युवा शान्ति परिषद नेपालले लागूऔषध दुर्व्यसन नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक अभिभुखिकरण कार्यक्रम गरिएको हो ।

पछिल्लो समयमा कैलालीको धनगढीमा लागूऔषधको दुर्व्यसनीमा विद्यालयमा अध्ययनरत विद्यार्थी फस्दै गएको र त्यसको नियन्त्रणका लागी धनगढी उपमहानगरले आयोजना गरेको लागूऔषध दुर्व्यसन नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रमको सहजिकरण गरिरहेको परिषदका प्रेम ढुङ्गानाले जानकारी दिए ।

विगत एक महिना देखि उपमहानगरको आयोजना र युवा शान्ति परिषदको सहकार्यमा धनगढीको वडा नम्बर २ र ३ का प्रत्येक विद्यालयमा लागूऔषध को प्रयोगबाट हुने विभिन्न असर र त्यसबाट बच्ने उपायका बारेमा विद्यार्थीलाई सचेतना मूलक कार्यक्रम गरिरहेको उनले बताए ।

खुल्ला नाका कारण धनगढीमा अहिले लागूऔषध प्रयोगकर्ता दिनहुँ बढ्दै गएको र जसले गर्दा समाजमा निकै असर परिरहेको उनले बताए । 

Loading...