सुदूरपश्चिममा महसुल नबुझाउने ३७ सय बढि घरको लाइन काटियो

अत्तरिया- नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा सुदूरपश्चिमका समयमै विद्युत् महसुल नबुझाउने तीन हजार ७ सय भन्दा बढी ग्राहकको लाइन काटेको छ । सुदूरपश्चिममा यो वर्ष उठ्न बाँकी ६ करोड ३५ लाख बक्यौता रकम मध्ये लाइन काटेर प्राधिकरणले साढे ४ करोड महसुल असुल गरेको प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक जङ्ग बहादुर चन्दले बताए ।

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा सुदूरपश्चिमका ३ हजार ७ सय १२ जना ग्राहको विद्युत् लाइन काटेको छ । विद्युत् महसुल तिर्न अटेरी गर्दा बाध्य भएर लाइन काट्नु परेको उनको भनाई छ । सुदूरपश्चिमका ९ जिल्लाका ग्राहकबाट ६ करोड ३४ लाख ९४ हजार महसुल बक्यौता देखिए पछि लाइन काटिएको हो ।

udhok dadeldhura

नेपाल विद्युत् प्राधिकरणले लाइन काटेका ३ हजार ७ सय १२ ग्राहक मध्ये २ हजार ५ सय ६२ जनाले बक्यौता तिरेर लाइन जडान गरेका छन् । लाइन काटिएका १ हजार १ सय ५० ग्राहकले अझै लाइन जोडेका छैनन् ।

लाइन जोड्ने ग्राहकबाट प्राधिकरणले यो वर्ष ४ करोड ५३ लाख ७४ हजार बक्यौता रकम असुल भएको निर्देशक चन्दले बताए । नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिमका ९ जिल्लामा १२ वितरण केन्द्रबाट विद्युत् सेवा प्रदान गरिरहेको छ । सुदूरपश्चिममा प्राधिकरणका ३ लाख ६७ हजार २७० ग्राहक रहेका छन् । यो सङ्ख्या गत वर्षको भन्दा २८ हजारले बढेको निर्देशक चन्दले बताए ।

सुदूरपश्चिमका ९ वटै जिल्लाका महसुल नबुझाउने ग्राहकका कारण करोडौँ रकम बक्यौता रहेपछि प्राधिकरणले महसुल बुझाउन अटेरी गर्ने ग्राहकको लाइन काट्न थालेको हो ।

Loading...