Satyawati
Division ban Pahalmanpur

कैलालीमा तेलहन बाली उत्पादनमा वृद्धि

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कैलाली- कैलालीमा गत वर्षको तुलनामा यो वर्ष तेलहन बाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्ष १४ हजार ४१ हेक्टर क्षेत्रफलमा तेलहन बाली खेती गरिएकोमा १३ हजार ७ सय ९७ मेट्रिकटन उत्पादन भएको थियो । यस वर्ष १४ हजार ६० हेक्टर क्षेत्रफलमा तेलहनबाली खेती गरिएकोमा १४ हजार ३२ मेट्रिकटन उत्पादन भएको केन्द्रका सूचना अधिकारी श्यामराज जोशीले जानकारी दिए ।

Malpot office dadeldhura

गत वर्षको तुलनामा यस वर्ष २ सय ३५ मेट्रिकटन बढी तेलहन बाली उत्पादन भएको उनले बताए । केन्द्रका अनुसार गत वर्ष भन्दा यस वर्ष १९ हेक्टर बढी क्षेत्रफलमा तेलहन बाली लगाइएको थियो ।

जिल्लामा यस वर्ष तोरी (एकल बाली) ६ हजार ४ सय १० र तोरी (घुसुवा बाली) ७ हजार ५ सय ६० गरी कूल १३ हजार ९ सय ७० हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । तोरी (एकल बाली) ८ हजार ६ सय २० मेट्रिकटन र तोरी (घुसुवा बाली) ५ हजार ३ सय ४० मेट्रिकटन गरी कूल १३ हजार ९ सय ६० मेट्रिकटन उत्पादन भएको छ ।

गत वर्ष १३ हजार ९ सय ५१ हेक्टरमा तोरी खेती गरिएको थियो । यस वर्ष ९० हेक्टर क्षेत्रफलमा आलस खेती गरिएकामा ७२ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...