Division ban Pahalmanpur

फोटोग्राफीबाट मनग्ये कमाउछन कैलालीका युवा

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कैलाली- जिल्लाको घोडाघोडी नगरपालिका–१ का रोशन नेपाली अहिले कक्षा १० मा अध्ययनरत छन् । अध्ययन सँगसँगै बिदाका दिन उनलाई भ्याइनभ्याई हुन्छ । घर नजिकै रहेको पर्यटकीय क्षेत्र घोडाघोडी तालमा छुट्टीका दिन क्यामेरा लिएर उनी पुग्छन् । ताल घुम्न आउने पर्यटकलाई आकर्षक तस्बिर खिचिदिए वापत उनले मनग्य कमाई गर्दै आएका छन् ।

‘काकाको क्यामेराबाट बिदाको दिन पर्यटकको फोटो खिच्ने काम गर्छु । दिनमा दुई देखि तीन हजार सम्म कमाई हुने गरेको छ, उनले बताए । ‘यताबाट कमाएको पैसाले विद्यालय तथा घर खर्च धानेको छ भने नयाँ क्यामेरा किन्न केही पैसा जम्मा गरेको छु । केही पैसा काकालाई पनि दिनुपर्छ । उनी घोडाघोडी मात्रै होइन, कर्णाली चिसापानी, टीकापुर उद्यान पनि तस्वीर खिच्ने काम गर्दै पुग्ने गरेको बताए ।

अहिले पर्यटकीय क्षेत्रमा फोटोग्राफी एकदमै राम्रो चलेको छ । केही युवाहरूले त्यो क्षेत्रबाट मनग्ये आम्दानी गर्दै आएका भने कतिपयले व्यवसायको रूपमै फोटोग्राफीलाई बनाएका छन् । दिन प्रतिदिन युवाहरू फोटोग्राफीमा जोडिदै गएका छन् । एक–दुई जनाबाट सुरु भएको फोटोग्राफी घोडाघोडीमा अहिले १५ जना भन्दा बढी युवा जोडिएका छन् ।

घोडाघोडीमा मात्रै नभई कर्णाली चिसापानी, टीकापुर उद्यानमा पनि ‘फोटोग्राफर‘ थपिँदै गएका छन् । घोडाघोडी नगरपालिकाकै करण क्षेत्री रोजगारीकै सिलसिलामा आठ वर्ष भारत तथा दुई वर्ष दुबई बसे । वैदेशिक रोजगारीबाट एक वर्ष पहिले फर्कनुभएका करणलाई त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन ।

Malpot office dadeldhura

सोही ठाउँका हर्क धामी दुई वर्षदेखि घोडाघोडीमा फोटोग्राफीको काम गर्दै आएका छन् । सुरुका दिनमा सोचेजस्तो कमाई नभए पनि पछिल्लो दिनमा अपेक्षाभन्दा राम्रो कमाई भएको बताए । ‘फोटोग्राफीबाट कुनै विशेष दिनमा दिनकै १० हजारसम्म कमाई गर्न सकिन्छ, उनले भने, ‘महिनामा  ६० देखि ७० हजारसम्म कमाई हुन्छ ।

उनले पैसाकै लागि विदेश जानु नपर्ने भन्दै देशमै थुप्रै सम्भावना रहेको बताए । फोटोग्राफी सँगै घोडाघोडीमा पर्यटकलाई लक्षित गरेर घोडा व्यवसाय पनि फस्टाएको छ । घोडाघोडी नगरपालिका वडा नं ४ का वसन्त शाहीले कालिकोटबाट दुई वटा घोडा ल्याएर घोडाघोडीमा पर्यटक घुमाउने काम गर्दै आएका छन् ।

‘घोडाघोडीको नामले परिचित क्षेत्रमा घोडा आवश्यक छ भन्ने लागेर कालिकोटबाट घोडा ल्याएर पर्यटकलाई घुमाउने काम गर्दै आएको बताए ।, शाहीले भने, ‘पर्यटकको रोजाइमा घोडा परेका छन् । जसबाट राम्रो आम्दानी पनि भइरहेको छ । उनले घोडा चढेबापत  २५ देखि १ सय सम्म लिने गरेका छन् । पछिल्लो समय पर्यटकीय क्षेत्रमा फोटोग्राफी र सांस्कृतिक पहिचान झल्काउने पोशाकको माग निकै बढेको छ । कैयौँ आन्तरिक पर्यटक पहिचान झल्काउने पोशाक लगाएर तस्बिर खिच्नकै लागि पनि त्यस क्षेत्रमा पुग्ने गरेका छन् ।

एउटा तस्बिरको फोटोग्राफरले २० लिने गर्छन् । घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपाल र घोडाघोडी नगरपालिकाको संयुक्त संरक्षणमा घोडाघोडी ताल रहेको छ । त्यहाँ १० प्रवेश शुल्क लाग्छ । दैनिक १ हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक तालको अवलोकनका लागि पुग्ने गर्छन् ।

त्यहाँबाट भएको आम्दानी मञ्च र नगरपालिकाले संयुक्त रूपमा लिने गरेको मञ्चका कर्मचारी दीपक शाहले बताए । उनका अनुसार वार्षिक  १० लाख भन्दा बढी आम्दानी हुने गरेको छ । पूर्वपश्चिम राजमार्ग सँगै रहेको ताल पर्यटकका लागि मात्रै नभई चराचुरुङ्गीका लागि अझ विशेष छ । रासस

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...