डोटीमा दुई पसलमा आगलागी 

डोटी- डोटीमा दुई पसलमा आगलागी भएको छ । जिल्लाको जोरायल गाउँपालिका–३ चनकट्टे बस्ने ३० वर्षीय चक्र रावलको होटलमा सोमबार आगलागी भएको हो । रावलको होटलमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४५ वर्षीय राम बहादुर ढोलीको कपडा सिलाउने खोकोमा समेत आगलागी भएको हो।

उक्त आगलागीबाट होटल तथा कपडा सिलाउने खोको पूर्ण रूपमा जलेर करिब २१ लाख बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...