Satyawati
Division ban Pahalmanpur

धनगढीमा रोजगारी माग्दै २६ सय ६९ जनाको निवेदन दर्ता

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- कैलालीको धनगढीमा आयोजना गरिएको रोजगार मेलामा माग भन्दा धेरै रोजगारीको लागि आवेदन दर्ता भएका छन् । दुई दिनसम्म आयोजना गरिएको रोजगार मेला मंगलबार सम्पन्न भएको हो । मेलामा रोजगारदाताले माग गरेभन्दा बढी आवेदन परेका छन् । रोजगारदाताले दुई हजार चार सय ६ पदका लागि माग गरेकोमा झण्डै ३ हजार अर्थात २ हजार ६ सय ६९ जनाले निवेदन दर्ता गरेका हुन् । मेलामा माग गरे भन्दा बढीको आवेदन दर्ता भएको आयोजकले जनाएको छ ।

आवेदन दिएकाहरु मध्ये ८५ जनालाई रोजगारीका लागि सिफारिस गरिएको छ । धनगढीमा आयोजना गरिएको श्रमाधान रोजगार मेलामा ३८ वटा स्टल राखिएको थियो । ती मध्ये जस मध्ये १० वटा स्टलहरू सरकारी क्षेत्रबाट २८ वटा स्टलहरू रोजगारदाताका तर्फबाट राखिएको थियो । २ दिनसम्म आयोजना गरिएको मेलामा १० हजार १ सय ५० जनाले अवलोकन गरेका थिए ।

Malpot office dadeldhura

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, भीमदत्त नगरपालिकाको आयोजना र नेपाल तालिम तथा तथा रोजगार व्यवसायी महासंघ सुदूरपश्चिमको संयोजनमा‚ निजी क्षेत्रका संघसस्था‚ विकास साझेदार र अन्य सरोकारवालाको सहकार्यमा रोजगार मेला आयोजना गरिएको थियो ।

मेलामा श्रमाधान सम्वाद‚ सांस्कृति प्रस्तुती लगायतका कार्यक्रम समेत आयोजना गरिएको थियो । संवादमा रोजगारी सिर्जनामा सरकार र निजी क्षेत्रको भूमिका, अवस्था, चुनौति र सम्भावनाको विषयमा संवाद गरिएको थियो । त्यस्तै वर्तमान श्रम बजारमा सीप प्रमाणिकरण र पूर्व सिकाई मान्यताको भूमिका‚ अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा‚ सुदूरपश्चिमका लागि नेपाली श्रम बजार किन यति सुदूर भन्ने विषयमा पनि संवाद गरिएको थियो ।

श्रम आप्रवासन अन्तर्गत कानूनी प्रकृया र मनोसामाजिक प्रभाव लगायतका विषयमा डाक्टर हेमराज पन्त‚ शिवहरी मुडभरी‚ राम वहादुर रावत‚ अनिल कुमार भोजनीय लगायत प्राज्ञिक तथा रोजगार दाताहरुले विचार विमर्श गरेका थिए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...