उद्धार गरिएका घाइते खच्चडहरूको विज्ञ टोलिद्वारा उपचार

अछाम- अछामको कालेकाँडा र दैलेखको खिड्किज्यूला जोड्ने झोलुङ्गे पुलमा फसेर उद्धार गरिएका घाइते खच्चडहरूको थप उपचार गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अछामबाट पशु चिकित्सकसहितको टोली खिड्किज्यूला पुगेर खच्चडको घाउमा मलम पट्टी गरेको र उनीहरूको आहारा व्यवस्थापनका लागि खच्चड मालिकलाई सल्लाह दिएको विज्ञ केन्द्र अछामका कार्यालय प्रमुख झनकदत्त ढुङ्गानाले बताए ।

सोमबार कार्यालय प्रमुखसहित विज्ञ केन्द्र र अछामको पञ्चदेवल विनायक नगरपालिकाको पशु सेवा शाखाबाट गरी ६ जना पशु स्वास्थ्य प्राविधिकले उपचार गरेका हुन् ।

Navadurga sun
Godawari sandesh

‘‘खच्चडको अवस्था अहिले सामान्य छ । धेरै गर्मी भएकाले घाउहरू पाक्न सक्छन् ।’’ विज्ञ केन्द्र अछामका प्रमुख ढुङ्गानाले भने, ‘‘थप औषधी दिएर बिस्तारै घरतिर लैजान सुझाएका छौँ ।’’

Dadeldhura hospital

कार्यालय प्रमुख ढुङ्गानाका अनुसार थप उपचारका लागि पशु चिकित्सक तैनाथ राखिएको छ । खच्चडको उद्धारपछि निरन्तर उपचारमा खटिएका पञ्चदेवल विनायक नगरपालिका पशु सेवा शाखा संयोजक प्रेम जैसीका अनुसार उपचार गरेका सबै खच्चडको अवस्था खतरामुक्त रहेको छ ।

दुर्गम बस्तीसम्म दैनिक उपभोग्यका सामग्री पुर्‍याउने यातायातको साधन खच्चड भएकाले कालेकाँडाका विभिन्न बस्तीसम्म नुन, तेल र चामलको अभाव हुन नदिन खच्चडको उपचार अत्यावश्यक रहेको उहाँको भनाइ छ । तर केही दिनसम्म घाइते खच्चडले भारी बोक्न सक्ने अवस्था छैन ।

आइतबार दैनिक उपभोग्यका सामग्री लिन अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ कालेकाँडाको भाट गाउँबाट दैलेखको आठबिस नगरपालिका वडा नम्बर ४ खिड्किज्यूला जाने क्रममा पुलको लट्ठा चुँडिएर पुल कोल्टे परेपछि १३ खच्चड करिब ४ घण्टा अड्किएका थिए ।

उद्धारका क्रममा दुई वटा कर्णालीमा बगेर मरे भने ११ खच्चडको सकुशल उद्धार भएको थियो । उद्धारका क्रममा घाइते भएका खच्चडहरूको शरीरका विभिन्न भागमा चोट छ । कतिपय खच्चडको खुट्टामा चोट भएका कारण हिँड्न नसक्ने अवस्थामा छन् ।

Loading...