अझै बनेन विपत् प्रतिकार्य योजना

धनगढी- खोला, नदीनाला धेरै भएको कैलाली जिल्ला अरू जिल्लाको तुलनामा मनसुनजन्य विपतबाट जोखिममा पर्दै आएको छ । डाँडाकाँडामा डोजरे विकास र जथाभावी वन फँडानी र चुरे अतिक्रमणलगायतका कारणले हरेक वर्ष जिल्लावासीले प्राकृतिक विपतका  घटनाबाट पीडा भोग्नु परिरहेको छ । खास गरेर चुरे क्षेत्रमा पहिरो र तराई क्षेत्रमा बाढी, डुबान लगायतबाट धनजनको क्षति हुने गरेको छ । त्यसैले जिल्लाका हरेक बस्तीमा बर्खा नलाग्दै त्रास फैलिने गरेको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

यस वर्षको मनसुन आउन थाले पनि कैलालीमा जिल्ला विपत् प्रतिकार्य योजना अझै बनिसकेको छैन । मनसुनजन्य विपतबाट हुन सक्ने हानीनोक्सानी न्यूनीकरण तथा खोज, उद्धार, व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि हरेक वर्ष जिल्लास्तरीय मनसुनजन्य विपत् प्रतिकार्य योजना बनाउने गरिएको छ । विपत् प्रतिकार्य योजना बनाउनका लागि विभिन्न सरोकारावाला सँग छलफल जारी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । उनले भने, “अहिलेसम्म विपत् प्रतिकार्य योजना बनिसकेको छैन ।”

Navadurga sun

जिल्लाको पूर्वी तथा दक्षिणी क्षेत्र, टीकापुर, सत्ती, भजनीलगायतका क्षेत्रमा बाढीको प्रभाव बढी रहने गरेको छ। बाढीका कारण गत वर्ष तीन हजार ४१३ परिवार प्रभावित भएका थिए । भजनी नगरपालिकामा सबैभन्दा बढी दुई हजार ३४२, टीकापुर नगरपालिकामा ३८१, जानकी गाउँपालिकामा २७५ घरपरिवार प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसै गरी जोशीपुर गाउँपालिकामा २१०, कैलारी गाउँपालिकामा १५५, धनगढी उपमहानगरपालिकामा ४३ र गोदावरी नगरपालिकामा सात घरपरिवार प्रभावित भएको जनाइएको छ ।

यसै गरी स्थानीय तहमा पनि अहिलेसम्म विपत् प्रतिकार्य योजना निर्माणको सुरसार छैन । नागरिकको नजिकको सरकारका रूपमा चिनिएको स्थानीय सरकारले प्राकृतिक विपतबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पहिले नै तयारी गर्नुपर्थ्यो तर बर्खा आउनै लाग्दासमेत स्थानीय तहले पनि अहिलेसम्म विपत् प्रतिकार्य योजना बनाउन सकेका छैनन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...