गोदावरी ११ मा ३ महिने सिलाई कटाई तालिम सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ११ मा सञ्चालित तीन महिने आधारभूत सिलाई कटाई तालिम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट वडा भित्र रहेका ८० जना भन्दा बढी महिलाहरूलाई सिलाई कटाई तालिम सञ्चालन गरिएको वडा अध्यक्ष प्रेम सिंह बडैलाले बताएका छन् ।

तालिम समापनमा बोल्दै गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टले तिन महिना सम्म सिकेको सीपलाई जीवनमा लागू गर्न आग्रह गर्नुभयो । मानिसलाई सीपले स्वरोजगार बनाउने बताउँदै श्रम र सीपले आय आर्जन गर्न सकिने भएकाले सीप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने नगरप्रमुख भट्टले बताए । 

स्थानिय हरुको माग अनुसार यस ११ नं वडाले तालिम दिएकाले आफूले सिकेको सीपलाई व्यवहारमा उतार्दै व्यवसायिक बन्न आग्रह गर्नुभयो । नगरपालिकाले आगामी दिनमा थप सीप विकासमा सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा प्रशिक्षक सफिरा चौधरीले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम प्रधान गरिएको बताउँदै तालिमले महिला दिदीबहिनीहरूलाई स्वरोजगार, आत्म निर्भर बन्न र आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पुन्याउने बताउनु भयो । र आफूले प्रशिक्षण गरेका विद्यार्थीबाट टाढिँदा आँसु झार्दै बिदा भइन । वडा कार्यालयको २ लाख रुपैयाँ बजेटबाट महिलाहरूलाई सीपमूलक तालिम दिइएको हो । तालिममा ८० जना भन्दा बढी महिलाहरूको सहभागि थियो ।

Loading...