

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालक सहित ६ जना पक्राउ परेका छन् ।



अनैतिक क्रियाकलाप गरे गराएको आरोपमा अत्तरिया १ नम्बर गल्ली स्थित “गुडिया होटल” बाट होटल सञ्चालक महिला सहित दुई युवा/युवती र तेघरी स्थित “न्यू सोल्टी होटल” बाट होटल सञ्चालक पुरुष सहित दुई युवा/युवती गरी ६ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।


उनीहरूलाई आज (सोमबार) बेलुकी इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





