Satyawati
Division ban Pahalmanpur

दुई ओटा कुखुरा फार्ममा आगलागी 

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- धनगढीमा दुई ओटा कुखुरा फार्ममा आगलागी भएको छ । धनगढी उप–महानगरपालिका–१२ स्थित जुगेडा ‘डी’ गाउँका स्थानीय किसान गगन खत्रीको कुखुरा फार्ममा आगलागी भएको हो ।

Malpot office dadeldhura

१२ सय र २ हजार कुखुरा अट्ने क्षमताका दुई वटा कुखुरा फार्ममा आगो लागेको फर्मका सञ्चालक गगन खत्रीले बताए । ‘कुखुरा आज आउनेवाला थियो तर आई नपुगेकाले बचिहाल्यो, तर भित्र राखेका पम्पहरु, फ्यानहरु, औषधी, भाँडाकुँडा लगायत सबै सामानहरू जलेर नष्ट भएका छन्’ उनले भने ।

दुई वटा कुखुराका फार्म, खोर तथा भित्र राखेका सामान सहित अनुमानित १३ लाख बराबरको क्षति भएको फार्मका सञ्चालक खत्रीले बताए ।  प्रहरी, स्थानीय तथा नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिएको हो । आगलागीको कारण नखुलेको र प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...