Division ban Pahalmanpur

एसपिए कलेजले ’एसपीए एक्सपो’ आयोजना गर्दै

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- सुदूरपश्चिमकै पहिलो एनएमएसटी स्मार्ट स्कुल एसपिए कलेजले ’लर्न टुडे, लिड टुमारो’ नाराका साथ २ दिने ’एसपीए एक्सपो’ आयोजना गर्ने भएको छ ।

Malpot office dadeldhura

कलेजले एसइई दिएर बसेका विद्यार्थीहरू लागि सञ्चालन गर्न लागेको उक्त प्रदर्शनी जेठ ३१ र ३२ गते आयोजना गर्ने भएको हो । कलेजका माध्यमिक तह कार्यक्रम संयोजक उषा शाहुका अनुसार एसपीए एक्सपोमा विद्यार्थीहरूले आफूसँग भएको कुनै पनि कला, प्रतिभा, क्षमता, विज्ञान, सूचना–प्रविधिमा आधारित कौशल समेत प्रदर्शन गर्न सक्नेछन् ।

कलेज परिसरमा बिहान ७ः३० बजेबाट सुरु हुने एक्सपोमा सहभागी हुन विद्यार्थीहरूका लागि कलेजले अनलाइन दर्ता समेत खुला गरेको शाहुले बताइन् । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, होटेल व्यवस्थापन, कानुन, मानविकी लगायत सङ्कायहरूको अध्ययन अध्यापन हुँदै आएको कलेजमा यही शैक्षिक सत्रदेखि भौतिक तथा एआई शिक्षकद्वारा पठन–पाठन गरिने एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय (गौतम) ले जानकारी दिए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...