Satyawati
Division ban Pahalmanpur

बैतडीको मेलौलीमा उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान 

Sostya office Dadeldhura
Purbadhar dadeldhura

बैतडी- बैतडीको मेलौलीमा उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान गरिएको छ । शैक्षिक सत्र २०८० मा कक्षा ८ र १० मा उत्कृष्ट नतिजा ल्याएका मेलौली नगरपालिकाका विद्यार्थीलाई नगदसहित सम्मान गरिएको नगरपालिकाका प्राविधिक सहायक रोहित भट्टले जानकारी दिए ।

Malpot office dadeldhura

कक्षा ८ मा ३.६४ जिपिए ल्याएर पालिका भरीमै उत्कृष्ट भएका मणिलेक मावि छात्र पवन नायकलाई नगद २० हजार सहित प्रमाणपत्र दिएर सम्मान गरिएको छ ।

यस्तै ३.६२ जिपिए ल्याएका मणिलेक माविकै पुष्कर भट्ट द्वितीय र ३.५५ जिपीए ल्याएकी शितलपुर माविकी अस्मिता भट्ट तृतीय भएका छन् । उनीहरूलाई क्रमशः १५ हजार र १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले बताए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...