

धनगढी- कैलालीबाट विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ परेका छन् । लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएका लम्कीचुहा नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित चौधरी, चोरी मुद्दामा ५० हजार जरिवाना तोकिएका बर्दगोरिया गाउँपालिका–४ का ३१ वर्षीय सरोज चौधरी, चोरी मुद्दामै १ लाख ५० हजार जरिवाना तोकिएका बर्दगोरिया गाउँपालिका–४ का २८ वर्षीय शाहिल चौधरी पक्राउ परेका छन् ।



त्यस्तै बिना इजाजत वन पैदावार ओसार पसार मुद्दामा ४५ हजार जरिवाना तोकिएका बर्दगोरिया गाउँपालिका–५ बस्ने ३४ वर्षीय चन्द्र भुल, बोक्सी आरोप मुद्दामा ११ महिना ८ दिन कैद सजाय र १० हजार जरिवाना तोकिएका लम्कीचुहा नगरपालिका–३ स्थाई घर भई हाल बर्दियाको गेरुवा गाउँपालिका–३ बस्ने ४१ वर्षीय प्रेम चौधरी रहेका छन् ।


जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका पाँचै जनालाई आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।