धनगढी- कैलालीको एक घरमा आगलागी भएको छ । गोदावरी नगरपालिका-४ भ्यागुतेपानीका ४५ वर्षीय बल बहादुर ओलीको घरमा आइतबार आगलागी भएको हो ।
आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुडा लगायतका सामान गरी अन्दाजी २ लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइ सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।