Satyawati
Division ban Pahalmanpur

विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप

Purbadhar dadeldhura

काठमाडौं- टी-२० विश्वकपमा सहभागी हुन क्रिकेटर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन् । वेस्ट इन्डिजमा नेपालले खेल्ने दुई म्याचमा उनको सहभागिता निश्चित भएको छ । उनलाई क्यानले वेष्ट इण्डिजमा हुने खेलमा समावेश गरे सँगै उनी सोमबार वेस्ट इन्डिज पुगेका हुन् ।

Malpot office dadeldhura

अमेरिकाले भिसा नदिएपछि जान नपाएका सन्दीप वेष्टइण्डिजमा हुने दुई वटा खेलमा नेपाली टोलीबाट मैदान उत्रिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

अमेरिकामा नेपालले खेल्ने दुई म्याच उनले गुमाए पनि वेस्ट इन्डिजमा उनले खेल्न पाउने भएका छन् । फास्ट बलर प्रतिशत जिसीलाई रिजर्भमा राखेर सन्दीपलाई नेपालको स्क्वाडमा समावेश गर्न आइसीसीले अनुमति दिएको छ ।

नेपालले दोस्रो खेल जुन ११ मा श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा खेल्नेछ । त्यसपछि नेपाल वेस्ट इन्डिज तर्फ लाग्नेछ । वेस्ट इन्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग खेल्ने तालिका छ ।

Dadeldhura Aspatal & Ban
Loading...