गोदावरी नगरपालिकाद्वारा अत्तरिया बसपार्कमा सरसफाइ

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित अत्तरियामा रहेको अत्तरिया बसपार्कमा गरिएको छ । सरसफाइ कार्यक्रममा गोदावरी नगरपालिकाको आयोजना तथा साझेदारी संस्था USAIDBlue wasto to Value ,स्थानीय व्यवसायी लगायतको सहयोगमा आज (सोमबार) बिहान सरसफाइ गरिएको हो ।

सरसफाइ कार्यक्रममा नगर प्रमुख विरेन्द्र भट्ट सहित, नगरका कर्मचारी, अत्तरिया बजारका व्यावसायी, बस व्यावसायी लगायतको सहभागिता रहेको थियो ।
नगर प्रमुख भट्टले नगरको मुख्य बजारमा रहेको बसपार्कको सुन्दरताका लागि सरसफाइ कार्यक्रम आयोजना गरिएको बताएका छन । प्रदेशकै ट्रान्जिट प्वाइन्टका रुपमा रहेको अत्तरिया बसपार्कलाई सफा बनाउने लक्ष्य रहेको बताए ।

देशभरका यात्रुहरूले बसपार्क फोहोर देख्दा नगर प्रतिको मानसिकता नकारात्मक हुने भएकाले पनि बसपार्क क्षेत्रमा सफा राख्न जरुरी रहेको बताए ।

सरसफाइ सँगै फोहोर व्यवस्थापनको विधिका बारेमा समेत व्यवसायिहरुलाई जानकारी गराइएको गोदावरी नगरपालिका फोहर व्यवस्थापन इन्चार्ज परमल महराले बताएका छन ।

Loading...