Satyawati
Division ban Pahalmanpur

दाताका भरमा सञ्चालन कञ्चनपुरको अञ्चल बाल अनाथालय 

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कञ्चनपुर- कञ्चनपुरको अञ्चल बाल अनाथालय दाताका भरमा सञ्चालन भइरहेको छ । अभिभावक विहीन बालबालिकाको आश्रयस्थल बनेको कञ्चनपुरको महेन्द्रनगर स्थित समाज कल्याण अञ्चल बाल अनाथालय दाताका भरमा सञ्चालन भइरहेको हो । 

२०४९ मा स्थापना भएको बाल अनाथालयलाई राज्यबाट सहयोग नहुँदा अनाथालय सञ्चालनमा समस्या भइरहेको भए पनि कुनै पनि निकायले चासो देखाएका छैनन् । तत्कालीन जिल्ला विकास समितिले वार्षिक रुपमा अनाथालयलाई केही रकम खाद्यान्न खरिदका लागि अनुदान दिइरहेको भए पनि पछिल्ला वर्षमा राज्यस्तरबाट कुनै सहयोग नभएको समाज कल्याण अञ्चल बाल अनाथालयका अध्यक्ष दयाकृष्ण जोशीले जानकारी दिए ।

Malpot office dadeldhura

‘सरकारले दिने अनुदान रकम स्थानीय सरकार आइसकेपछि बन्द हुँदा अनाथालयको खर्च व्यवस्थापनमा निकै समस्या भइरहेको छ, अध्यक्ष जोशीले भने, ‘अहिले दाताहरूको भरमा अनाथालय सञ्चालन भइरहेको छ। उनले अनाथालयमा हाल २४ बालबालिका आश्रित रहेको बताए । सबैजसो बालबालिकालाई बजार क्षेत्रका निजी तथा सरकारी स्कुलले निःशुल्क अध्यापन गराइरहेको भए पनि अनाथालयको अन्य व्यवस्थापनमा भने आर्थिक अभाव हुँदै आएको उनको भनाइ छ ।

‘भवन अभाव हुँदा जीर्ण भवनमा बालबालिका राख्नुपरेको छ, उनले भने, भौतिक पूर्वाधारका लागि स्थानीय र प्रदेश सरकारसँग सहयोगका निम्ति आग्रह गरेका छौँ । उनले अनाथालयमा आश्रय लिएर पढेका धेरै बालबालिका सरकारी सेवामा प्रवेश भइसकेको बताए ।

अनाथालय व्यवस्थापन समिति सँगै दाताको खाद्यान्न, लत्ताकपडा लगायतको सहयोगले अनाथालय चलिरहेको उनको भनाइ छ । ‘जन्मदिन, विवाह उत्सव लगायत खुसीमा यहाँ दाता सहयोग गर्छन, उनले भने, ‘यहाँका नागरिकले अनाथालय सञ्चालनमा महत्वपूर्ण सहयोग गरेका छन् । अनाथालयमा हाल एक सय ९३ टुहुरा बालबालिकालाई आश्रय लिएका छन । 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...