Satyawati
Division ban Pahalmanpur

धनगढीमा तेश्रो सिसियस प्लस टु पोस्ट एसईई फुटसल प्रतियोगिता हुँदै

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- तेश्रो सिसियस प्लस टु पोस्ट एसईई फुटसल प्रतियोगिता हुँन लागेको छ । धनगढी स्थित क्रेसेन्ट सिटि स्कुलको आयोजनमा फुटसल प्रतियोगिता हुन लागेको हो । धनगढी एलएन चोक स्थित फ्ल्याटल्याण्ड फुटसलमा २८ गते देखी तेश्रो सिसिएस प्लस टु पोस्ट एस ईई फुटसल प्रतियोगिता हुन लागेको हो । एस ईई परीक्षा दिएर बसेका विद्यार्थी बिच पोस्ट एस ईई प्रतियोगिता हुने भएको हो ।

Malpot office dadeldhura

परीक्षा दिएर बसेका विद्यार्थीहरूको खाली समयलाई सदुपयोग गर्न प्रतियोगिता आयोजना गरिन लागेको विद्यालयका प्राचार्य हरि जोशीले बताए । खाली समयमा विद्यार्थीहरूको मनस्थितिमा पर्न सक्ने नकारात्मक असरको सम्भावनालाई ध्यानमा राख्दै खाली समयलाई खेलकुद सँग जोडेर समयको सदुपयोग गर्ने उद्देश्यले खेल आयोजना गरिएको उनले बताए ।

प्रतियोगितामा विभिन्न संस्था र विद्यार्थीहरूको व्यक्तिगत प्रतिनिधित्वका आधारमा २० भन्दा बढी छात्र र छात्राहरूको टिमको सहभागिता रहनेछ। शिक्षा सँगै खेललाई समेत निरन्तरता दिने गरेको यस विद्यालयले हरेक वर्ष प्रदेश स्तरमा सिसिएस प्लस टु अन्तर विद्यालय फुटबल प्रतियोगिता समेत आयोजना गर्दै आएको छ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...