कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १३ वटा खच्चड फसे

काठमाडौं– कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १३ वटा खच्चड पुलमै अड्किएका छन् । अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-९ र दैलेखको आठबिस नगरपालिका वडा-४ जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिँदा १३ वटा खच्चड पुलमै अड्किएका हुन् ।

आज बिहान करिब ९ बजे नै पुलको एकातर्फको लठ्ठा चुँडिँदा ती खच्चड तारमा फसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

१३ वटा खच्चड फसेकोमा एउटा चाहिँ नदीमै खसेको थियो। तर,सामान्य चोट लागेको र उद्धार गरिएको प्रहरीले जनाएको छ । अरू खच्चड भने पुलमै फसेका छन्। फसेका खच्चडहरुको उद्धार गर्न सशस्त्र प्रहरी,स्थानीय लगायत खटिएका छन्,तर ठाउँ असहज भएकाले जटिल चाहिँ छ,उद्धार गर्ने प्रयास भइरहेको बताईएको छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखले अहिले पुलको लठ्ठा चुँडिएसँगै दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको जनाएको छ।

Loading...