Satyawati
Division ban Pahalmanpur

कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, पुरानो भन्सार रोड, ब्यारेल र बैयाबेहडी, धनगढी उपमहानगरपालिका–४ सञ्चय कोष कार्यालय नजिक, भजनी नगरपालिका–५ दुदुवाफाटा, टीकापुर नगरपालिका–८ झुगा र टीकापुर नगरपालिका–९ बालुवाटारबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ५९ हजार ८१० मूल्य बराबरको सामान बरामद गरिएको हो ।

उक्त मूल्य बराबरको प्याज, चिनी, दाल, मटर, सुर्ती, बिडी, चप्पल, जुत्ता, लाईटर, साबुन, सरप, कुर्ता सुरवाल, लेडिज साइड ब्याग, पानीपुरी, पास्ता लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले शुक्रवार फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...