धनगढीमा २७ गतेदेखि हुने ‘श्रमाधान रोजगार मेला’ को तयारी पुरा

धनगढी- धनगढीमा हुने ‘श्रमाधान रोजगार मेला’ को तयारी पुरा भएको छ । जेठ २७ र २८ गते कैलालीको धनगढीमा हुने सुदूरपश्चिम प्रदेश स्तरीय मेलाको तयारी पुरा भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार कैलाली, धनगढी उपमहानगरपालिकाको आयोजना तथा नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सघं सस्थांहरुको सयोजनमा आईतवार देखि कैलालीको धनगढी स्थित ओम प्यालेसमा मेला हुन लागेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

मेलाको विषयमा जानकारी दिन शुक्रवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका उपसचिव बसन्त बोहोराले रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकको बीच भेट गराउनु मेलाको मुख्य उद्देश्य रहेको बताए । ‘मेलाले रोजगारीका अवसरहरु सृजना गर्ने, सीप विकास प्रबर्द्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा सशक्तीकरण गर्ने र सार्वजनिक निजी साझेदारी अभिवृद्धि गर्नेमा हामी विश्वस्त छौ ।,’ उनले भने ।

Dadeldhura hospital

त्यस्तै नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष प्रमोद पाठकले नेपालमा दक्ष श्रमिकको अभाव रहेको बताए । रोजगारदाताले आवश्यकता अनुसारको श्रमिक नपाउने अवस्थालाई यस्तो खालको मेलाले सम्बोधन गर्ने उनले बताए ।

‘वर्षौ देखि हामी हरेक कुराको लागि अन्य मुलुक र भारतमा भर पर्नुपर्ने अवस्था छ । तर अबका दिनमा नेपालमा नै गरी खाने वातावरण सृजना गर्न, आन्तरिक रोजगारी सृजना गर्न, यहाँको रोजगारीको अवस्था बुझ्न, कस्ता खालको सीपको आवश्यकता पर्छ भन्ने खालको विषयलाई सम्बोधन गर्न यस्तो खालको मेलाले सहयोग गर्नेमा म विश्वस्त छु ।,’ उनले भने ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष पाठकले दुई हजारभन्दा बढी जनालाई रोजगारी अवसर प्रदान गरिने बताए । श्रम कार्यालय कैलालीका कार्यालय प्रमुख जनक सिंखडाले मेलाको तयारी पुरा भएको बताए ।

हाल सम्म मेलामा ३५ वटा निजी क्षेत्रका स्टलहरू रहेका छन् । ३५ स्टलहरू बुक भैसकेको र थप स्टलहरू बुक हुने क्रममा रहेको उनले बताए । मेला बिहान १० बजे देखि बेलुका ५ बजे सम्म सञ्चालन हुनेछ । मेलाको उद्योग मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

Loading...