Satyawati
Division ban Pahalmanpur

कैलालीमा एसएसपी बिष्टको निरीक्षण

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- जिल्ला प्रहरी कार्यालय कैलालीमा सुदूरपश्चिम प्रदेश प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिल्लीराज बिष्टले अनुगमन एवं निरीक्षण गरेका छन् । आज  बिष्टले जिल्ला प्रहरी कार्यालयको अनुगमन गरेका हुन् ।

Malpot office dadeldhura

उनले त्यहाँक प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन पनि दिएका छन् । बिष्टले अपराध अनुसन्धानमा केन्द्रित र गम्भीर भएर जघन्य अपराध, फरार अपराधी पक्राउ लगायत अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिएका थिए ।

यस्तै उनले दैनिक काम कारबाहीलाई चुस्त दुरुस्त बनाई आ-आफ्नो जिम्मेवार वडा एरियाहरुमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र खुल्ला सिमानाकाहरुबाट हुने आपराधिक गतिविधि, अवैध चोरी तस्करीलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरूमा ब्यापक रुपमा प्रहरी परिचालन गरि कडाईका साथ चेक जाँच गर्न निर्देशन दिए।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...