Satyawati
Division ban Pahalmanpur

कैलालीको अत्तरियामा कांग्रेसले दोस्रो गोदावरी नगर सम्मेलन भोली देखि सुरु

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- नेपाली काँग्रेस कैलाली क्षेत्र नं.४ अन्तर्गत गोदावरी नगरको दोस्रो गोदावरी नगर सम्मेलन भोलि शनिबार देखि सुरु हुने भएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन पछिको दोस्रो नगर सम्मेलनको तयारी पूरा भएको पार्टी नगर सभापति बीर बहादुर चोखालले बताउनु भयो ।

Malpot office dadeldhura

नेपाली काँग्रेस कैलाली जिल्लाले जिल्लाका प्रत्यक निर्वाचन क्षेत्रमा पत्राचार गरि वडा ,गाउँ ,नगर र क्षेत्र सम्मेलन गर्न निर्देशन अनुसार सम्मेलनहरु सञ्चालन भईरहेका छन । शनिबार (भोलि) बिहान ८ बजे उद्‍घाटन हुने नगर सम्मेलन अत्तरिया स्थित पतञ्जली हलमा दिनभर सञ्चालन हुने सभापति चोखालले बताउनु भयो ।

सम्मेलनमा नेपाली काँग्रेसका सुदूरपश्चिम पार्टी सभापति, पुर्ब मन्त्री एवं कैलाली क्षेत्र न.४ का प्रतिनिधि सभा सदस्य बीर बहादुर बलायरले सम्बोधन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...