कर्णाली नदिमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता

Dadeldhura hospital

धनगढी- कर्णाली नदिमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–४ स्थित प्युठानको स्वर्गद्वारी नगरपालिका–१ जिमरी घर भई हाल कैलालीको मोहन्याल गाउँपालिका–४ कठ्युर मोहन्याल सामुदायिक वनमा खोटो निकाल्ने काम गर्ने ४१ वर्षीय धनबहादुर पुन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Ganyapdhura gau

पुन कर्णाली नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय पण्डौन कैलालीबाट प्रहरी टोली खटिई खोजतलास भईरहेको छ । उनको हाल सम्म लाश फेला नपरेको प्रहरीले बताएको छ । उनको खोजतलास तथा अनुसन्धान गरिरहेको कैलाली प्रहरीले जनाएको छ ।

Loading...