


बाजुरा- बाजुराको एक घरमा आगलागी भएको छ । बुढिनन्दा नगरपालिका–१ तल्लो कोल्टी बजार बस्ने माने लुहारको घरमा बिजुलीको तार सर्ट भएर बुधवार घरको एक कोठामा आगलागी भएको हो ।


आगलागी हुँदा उक्त कोठा भित्र रहेका खाद्यान्न, लत्ता कपडा, ल्यापटप १ थान लगायत सामान गरी अन्दाजी १ लाख ५० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।





