कैलालीको दुई स्थानमा आगलागी 

धनगढी- कैलालीको दुई स्थानमा आगलागी भएको छ । जोशीपुर गाउँपालिका–२ का दिनेश जेठाराको भान्सा कोठामा खाना पकाउनको लागि बालेको आगोबाट भान्सा कोठा संगै जोडीएको १ कोठे गोठमा आगलागी भएको हो ।

udhok dadeldhura

गोठमा आगलागी हुँदा २ वटा बाख्रा जलेर मरेका छन् भने ३ वटा बाख्रा जलेर घाईते भएका छन् । आगलागीबाट खाद्यान्न, साईकल लगायतका समान गरी अन्दाजी १ लाख ८० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

त्यस्तै गौरीगंगा नगरपालिका–१ का तुल बहादुर पहराईको गोठमा आगलागी भएको छ । आगलागी हुँदा गोठ र गोठ भित्र रहेको काठपात, भुसा लगायतका सामान गरी अन्दाजी ३ लाख ५० हजारको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । पहराईको गोठमा आगलागी हुँदा १ वटा भैसी र १ वटा बाख्रा जलेर घाईते भएका छन् । 

Loading...