अत्तरिया- कैलालीको टीकापुरमा हावाहुरीले रुखको हाँगा खस्दा एक बालिकाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ बिशालनगरकी १५ वर्षीया प्याउरी बिकको बुधवार मृत्यु भएको हो ।
हावाहुरीका कारण घर नजिकै रहेको साजको रूख घरको आगनमा ढलेर उनको गर्धनमा हाँगा लागेर च्यापिए पछि घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।