दुर्घटनापछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग सुचारु

धनगढी- कैलालीमा आज बिहानबाट १२ बजेबाट अवरुद्ध रहेको पूर्वपश्चिम राजमार्ग सुचारु भएको छ। बुधबार घोडाघोडी नगरपालिका–४ भालुफाँटामा स्थानीयले अवरुद्ध गरेको राजमार्ग सुचारु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ट्रकको ठक्करबाट २३ वर्षीय कमल तिरुवाको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए ।

मंगलबार राति घोडाघोडी नगरपालिका–४ भालुफाँटामा सुदूरपश्चिम प्रदेश ०३–००२ ख ००११ नम्बरको ट्रक र सुदूरपश्चिम प्रदेश ०१–०११ प ४४४३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक तिरुवा घाइते भएका थिए ।

दुर्घटनामा गम्भिर घाइते भएका तिरुवाको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक र ट्रक चालक दोलखाको बिगु गाउँपालिका–४ का ५० वर्षीय पदमबहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Loading...