Satyawati
Division ban Pahalmanpur

गोदावरी नगरपालिका–२ मा निर्माण गरिएको सडक कालोपत्रे गुणस्तरीय : प्राविधिक

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–२ सालघारी टोलमा नयाँ निर्माण गरिएको कालोपत्रे गुणस्तरीय रहेको जनाएको छ। केही दिन अघि मात्रै निर्माण सम्पन्न उक्त सडक मापदण्ड विपरित र गुणस्तरहिन भएको स्थानिय हरुले आरोप लगाएका थिए ।

तर, गोदावरी नगरपालिकाका इन्जिनीयर जनक खड्काले सडकको अनुगमन गरेर आवश्यक चेकजाँच गर्दा सबै गुणस्तरिय भएको दाबि गरेका हुन् । आफुहरुले कच्चा पदार्थ र सडकको थिगनेसका लागि टेष्ट गरेको बताउदै उनले टेष्टमा सडकको गुणस्तर राम्रो भेटिएको बताएका छन् ।

Malpot office dadeldhura

उनले गर्मीका कारण बिटमिन सेट नहुँदा पनि समस्या आएको बताए । प्राविधिकले अनुगमन गरेर थिगनेस (मोटोपना), कच्चा पदार्थहरुको प्रयोग गुणस्तरिय भएकोले ल्याब टेष्ट समेत पास भईसकेको इन्जिनियर जनक खड्काले बताएका छन् । उनले सडक गुणस्तरहिन तरिकाले कालोपत्रे भएको भनेर समाचार र सामाजिक संजालमा आएपछि मात्रै थाहा पाएको बताए ।

त्यस्तै सडक मापदण्ड र गुणस्तर रहेको इन्जिनियर र प्राविधिकले चेकजाँच गरेरै बताएका गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले बताए । उनले यदि मापदण्ड र गुणस्तर नपुगेको भए पुर्याउनु पर्ने र यस्ता किसिमका गतिविधि आगामी दिनमा नगर्न इन्जिनियर र प्राविधिकलाई निर्देशन पनि दिएका छन् ।

वडा कार्यालयले गत आर्थिक वर्ष गौरीशंकर टोलदेखि उत्तर तेघरी हुँदै कृष्ण आधारभूत विद्यालय सम्म जाने बाटो अन्तर्गत ५ सय मिटर बाटो कालोपत्रे गर्ने भन्दै ५० लाख रुपैयाँ विनियोजित गरेको थियो । उक्त बाटो कालोपत्रेका लागि नगरपालिकाले टेन्डर आह्वान गरेको थियो । उक्त सडकको निर्माण कार्य अत्तरियाको जगदम्बा निर्माण सेवाले गरेको थियो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...