Satyawati
Division ban Pahalmanpur

सुखडमा भएको दुर्घटनालाई लिएर राजमार्ग अवरुद्ध

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कैलालीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–४ भालुफाँटा स्थित पूर्व–पश्चिम राजमार्गमा म.प्र.०३–००२ ख ००११ नम्बरको ट्रक र सुदूरपश्चिम प्रदेश ०१–०११ प ४४४३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१ का २३ वर्षीय कमल तिरुवाको मृत्यु भएको हो ।

Malpot office dadeldhura

ट्रक र मोटरसाइकल मङ्गलवार राति करिब ११ः५५ बजेको समयमा एक आपसमा ठोक्किएका थिए । उक्त दुर्घटनामा गम्भीर घाइते भएका तिरुवाको राति नै उपचारको क्रममा धनगढीमा स्थित एक निजी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

स्थानीयहरूले आन्दोलन गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको र उक्त सडक सुचारु गर्ने तयारी भइरहेको इलका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र कुमार पालले जानकारी दिए । उक्त दुर्घटनाहरू भन्दा अघिल्लो रात पनि सोही ठाउँ नजिकै स्थानीय नर बहादुर धामीको दुर्घटनामा पनि मृत्यु भएको थियो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...