टी २० विश्वकप : नेदरल्यान्ड्ससँग नेपालको हार

काठमाडौँ- सन् २०१४ पछि विश्वकपमा फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँगग पराजित भएको छ। मंगलबार राति भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटको हार व्यहोर्दै विश्वकपको सुरुवात गरेको हो।

Ganyapdhura gau

नेपालले दिएको १ सय ७ रनको सामान्य लक्ष्य डच टोलीले ८ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो। नेपालविरुद्ध जित निकाल्ने क्रममा म्याक्स ओ डाउडले अर्धशतक पूरा गरे।

Navadurga sun
Godawari sandesh

डाउड ५४ र बास डे लिड ११ रनमा अविजित रहे। म्याक्स ओ डाउडले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। कप्तान स्कट इडवार्ड ५ रन बनाउँदा अविनास बोहोराको बलमा बोल्ड आउट भए। तेस्रो विकेटका लागि ओपनर म्याक्स ओ डाउड र सेब्रट एंगेलब्रेचले २८ रनको साझेदारी गरे।

सोमपालले १४ औँ ओभरको पहिलो बलमा नै सेब्रड एंगेलब्रेचलाई १४ रनमा रन आउट गराए। दिपेन्द्र सिंह ऐरिले ८।२ ओभरमा ओपनर विक्रमजित सिंहलाई २२ रनमा बनाउँदा एलबीडब्लु धरापमा पारे। दोस्रो विकेटका रुपमा म्याक्स ओ डाउड र विक्रमजितले ४१ रनको साझेदारी गरे।

ओपनर माइकल लेविट दोस्रो ओभरको दोस्रो बलमा नै क्याच आउट भए। नेपालका तिव्र गतिका बलर सोमपाल कामीले माइकललाई १ रन बनाउँदा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट गराए। त्यसअघि अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेदरल्यान्डस्ले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४ बल अगावै १ सय ६ रन बनाउँदा अलआउट भयो।

Dadeldhura hospital

नेदरल्यान्ड्सविरुद्ध नेपालको ब्याटिङलाइन चल्न सकेन। रनका लागि संघर्ष गरेको नेपालका ओपनिङ जोडीले इनिङस्लाई लामो समय अघि बढाउन नसक्दा नेपाल सस्तैमा समेटियो। नेपालको ओपनिङ जोडी लामो समय क्रिजमा टिक्न नसक्दा मध्य र तल्लो क्रमका ब्याटर दबाबमा देखिए।

नेपालका लागि कप्तान रोहित पौडेलले बनाएको ३५ रन नै नेपालका लागि सर्वाधिक रह्यो। उनले ३७ बलमा ५ चौका प्रहार गरे। नेपालले चौथो ओभरमा नै दुबै ओपनरलाई गुमाएको थियो। नेपालले दोस्रो ओभरको अन्तिम बलमा ओपनर आशिफ शेखलाई गुमाएको थियो। आशिफ ४ रन बनाउँदा टिम प्रिङग्लेको बलमा भिभियन किंग्माको हातबाट क्याच आउट भए।

अर्का ओपनर कुशल भुर्तेल चौथो ओभरको पहिलो बलमा ७ रन बनाउँदा भान विकको बलका एलबीडब्लु धरापमा परे। कुशल मल्ल ९ रनमा क्याच आउट भए। अनिल शाह ११ रन बनाउँदा टिम प्रिङग्लेको बलमा भान विकको हातबाट क्याच आउट भए। अनिलले १२ बलमा २ चौका प्रहार गरेका थिए।

तेस्रो नम्बरमा ब्याटिङमा आएका अनिल शाह ११ रन बनाउँदा क्याच आउट भए। कुशल मल्ल ९ रनमा क्याच आउट भए। कुशल मल्ल ९, दिपेन्द्र सिंह ऐरि १ र सोमपाल कामी शुन्य रनमा नै पेभेलियन फर्के। तल्लोक्रममा ब्याटिङमा आएका गुल्सन झा र करण केसीले छक्का प्रहार गर्दै समर्थकमा केही आशा जगाएका थिए।

१७ रन बनाएका करण केसी १९ औँ ओभरको पाचौँ बलमा बास डे लिडको बलमा किंग्माको हातबाट क्याच आउट भए। करणले १२ बलमा २ छक्का सहयोगमा १७ रन बनाएका थिए। गुल्सन झा १४ रनमा बोल्ड आउट भए। अविनास बोहोरा शुन्य रनमा कट एण्ड बोल्ड भए। सागर ढकाल शुन्य रनमा अविजित रहे।

नेपाललाई सामान्य योगफलमा रोक्न नेदरल्यान्डस्का टिम प्रिंगलले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा २० रन खर्चे। लोगान भान विकले ३ विकेट आफ्नो नाममा गरे। पल भान मिकेरेन र बास डे लिडले समान २ विकेट झारे। नेपालले विश्वकपको दोस्रो खेल फ्लोरिडामा खेल्नेछ। असार ३० गते हुने श्रीलंकाविरुद्धको खेलपछि नेपाली टोली बाँकी दुई खेलका लागि वेस्ट इन्डिज जानेछ।

Couple
Loading...