



धनगढी- कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–५ ज्योति मार्ग र भजनी नगरपालिका– ८ खैराबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब १ लाख ७५ हजार ९ सय दश मूल्य बराबरको चिनी, चिप्स, दात माझ्ने ब्रुस, हेडबिन, बेल पालिस, हातको बाला, मेकअप सेट, लकेट, औँठी रिंग, इनामेल, लिपिस्टिक, काँटा लगायतका सामानहरू बरामद गरि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।


त्यस्तै कञ्चनपुरबाट तीन लाख बढीको अवैध सामान बरामद गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका– १० जिमुवा, पुनर्वास नगरपालिका– ११ डोकेबजार र बेलौरी नगरपालिका– २ बैजुडाडा कलकत्ताबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ३ लाख २१ हजार ४ सय ८० मूल्य बराबरको चिनी, गुड, पेय पदार्थ, सुर्ती, बिस्कुट, चक्लेट, लेडिज तथा जेन्स कपडा, सुट कपडा, बेल्ट, स्प्रे, हाप टिसर्ट, हाप पाइन्ट लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।





