Satyawati
Division ban Pahalmanpur

एमालेको धनगढी नगर अध्यक्षमा विष्ट र सचिवमा जोशी

Purbadhar dadeldhura

धनगढी- नेकपा (एमाले) को धनगढी उपमहानगर कमिटीको अध्यक्षमा अम्बिका विष्ट अत्याधिक मत मतले विजयी भएकी छन। विष्टले १२८ मत पाएकी छन् । उनका निकटम् प्रतिद्वन्द्वी कमल सिंह रानाले ६९ र अर्का प्रतिद्वन्द्वी मदन राज रेग्मीले ४७ मत पाए ।

Malpot office dadeldhura

त्यस्तै उपाध्यक्षमा पर्वत चौधरीले १०६ मत पाएर विजयी भएका छन् । उपाध्यक्षका अन्य प्रत्यासीमा प्रेम बहादुर महराले ९५ र ऐन बहादुर सिंह ३५ मत पाए ।

सचिवमा युवा नेता चन्द्र प्रकाश जोशी विजयी भएका छन् । उनले ११५ मत पाए । भने उनका प्रतिद्वन्द्वी अभिषेक नाथ लोकले ८१ र छेदालाल चौधरीले ३८ मत पाए । यस्तै दुई उपसचिवमा सरस्वती चन्द र जनक ढकाल विजयी भए । चन्दले १०८ र ढकालले १०३ मत पाएका थिए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...