



अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले टिप्पर खरिद गरेको छ । सोमबार नगरपालिकाले एउटा टिप्पर खरिद गरेको हो । अशोक ले लेन्ड कम्पनीबाट भ्याट सहित ४५ लाख २० हजार रुपैयाँमा टिप्पर खरिद गरिएको जनाईएको छ ।


टिप्पर खरिदका लागि नगरपालिकाले विधुतिय बोलपत्र आह्वान गरेको थियो । नगरपालिका संग यस अघि दुई ओटा टिप्पर थियो ।





