कैलाली- कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । सोमबार साँझ जिल्लाको घोडाघोडी नगरपालिका ४ भालुफटा स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री स्थानीय नर बहादुर धामीको मृत्यु भएको हो ।
पूर्व देखि पश्चिम तर्फ आइरहेको से ७ प १८७८ नम्बरको मोटरसाइकलको ठक्करबाट धामी गम्भीर घाइते भएका हुन् । धामीको धनगढी स्थित निसर्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक टेकेन्द्र नेपालीको घोडाघोडी अस्पताल सुखड कैलालीमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।